Banijya News

अर्थनीति

जेनजी आन्दोलनकर्ताले बैंकबाट लुटे ३८ करोड रुपैयाँ नगद र सुन

जेनजी आन्दोलनकर्ताले बैंकबाट लुटे ३८ करोड रुपैयाँ नगद र सुन

जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ […]

वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४' अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको…


  • उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

    उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ…

  • निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

    निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

    जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार…

  • आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

    आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

    सिंहदरबारमा भएको जेनजी आन्दोलनकारीहरूको आक्रमणका क्रममा अधिकांश मन्त्रालयहरूमा तोडफोड र आगजनी भएको छ। तर आन्दोलनकारीहरूको आक्रोशबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने सुरक्षित छ। सिंहदरबारस्थित एक मात्र पूर्णरूपमा नोक्सानीबाट बचेको मन्त्रालय उद्योग मन्त्रालय रहेको छ। प्रदर्शनकारीहरूले प्रवेश गरी विभिन्न मन्त्रालयहरूमा आक्रमण सुरु गरेका थिए। गृह, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन लगायतका…

  • रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

    रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

    अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ । उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । यसै कारण लगानीकर्ताको…

  • असोजका लागी वाणिज्य बैंकहरुले घटाए औषत ब्याजदर, कुनको कति ?

    असोजका लागी वाणिज्य बैंकहरुले घटाए औषत ब्याजदर, कुनको कति ?

    वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती…

  • निजी क्षेत्रको मनोबल बढाउन वाणिज्य मन्त्रालयको छलफल

    निजी क्षेत्रको मनोबल बढाउन वाणिज्य मन्त्रालयको छलफल

    उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयका सचिवद्वय डा.रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक…

  • सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

    नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा…

  • हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा ध्वस्त

    हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा ध्वस्त

    गत भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हिमालयन बैंकको बत्तीसपुतली ब्रान्चमा आगलागी गरेका छन् । प्रदर्शनकारीले बैंकको बत्तीसपुतलीस्थित शाखा कार्यलयमा आगजनी गर्दा सो शाखा पूर्ण रुपमा क्षति भएको हो । बैंकका सूचना अधिकारी सुनिल प्रसाद गोर्खालीकाअनुसार भल्ट र लकर फायरप्रुफ (आगलागीबाट केही नहुँने) भएका कारण सो शाखामा भएको…

  • पछिल्लो एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

    पछिल्लो एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

    पछिल्लो एक महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रेसिमट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सावैजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६०…

  • खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

    खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

    खानीखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटकका लागि थप गरेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको…

Scroll to Top