पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी भए तेस्रो, रास्वपाका हरिमोहनको सानदार जित
बैतडीमा लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेकपा (एमाले) का प्रभावशाली नेता दामोदर भण्डारी यसपटकको निर्वाचनमा भने तेस्रो स्थानमा सीमित भएका छन्। जिल्लामा एमालेको बलियो आधार मानिएका भण्डारी चौथो पटक चुनावी मैदानमा उत्रिएका थिए, तर मतपरिणामले यसपटक उनको राजनीतिक यात्रामा अप्रत्याशित मोड ल्याएको छ। मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

