Banijya News

बाणिज्य

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ […]

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल…


  • तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

    तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली…

  • अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

    अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

    ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईवस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन्…

  • राष्ट्र बैंकले तिहारका लागी बेच्यो ४१ हजार चाँदीका सिक्का

    राष्ट्र बैंकले तिहारका लागी बेच्यो ४१ हजार चाँदीका सिक्का

    यस वर्षको तिहारका लागी नेपाल राष्ट्र बैंकले ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत साताको शुक्रबारसम्ममा ४१ हजार वटा चाँदीका सिक्का बिक्री गरेको हो । राष्ट्र बैंकले हरेक वर्षको तिहारलक्षित सुन र चाँदीका असर्फी बिक्री गर्दै आइरहेको छ । तर, यसवर्ष भने…

  • तिहारमा डेढ अर्ब रुपैयाँभन्दा बढीको भाइमसला आयात

    तिहारमा डेढ अर्ब रुपैयाँभन्दा बढीको भाइमसला आयात

    नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ, तर यो रौनकलाई धान्न विदेशी वस्तुको आयातमा नेपालको परनिर्भरता चुलिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। तिहारमा सबैभन्दा बढी खपत हुने भाइमसला, झिलिमिली बत्ती र फलफूल लगायतका सामग्रीहरूको ठूलो हिस्सा छिमेकी मुलुक भारत र चीनसहित तेस्रो मुलुकबाट आयात हुने गरेको छ।…

  • प्रतिमन आठ हजार रुपैयाँले बढ्यो अलैँचीको मूल्य

    प्रतिमन आठ हजार रुपैयाँले बढ्यो अलैँचीको मूल्य

    ‘कालो सुन’को नामले परिचित अलैँचीको मूल्य महिनादिनको अन्तरालमा ताप्लेजुङमा प्रतिमन (४० किलोग्राम) को ७ देखि ८ हजार रुपैयाँले बढेको छ। असोज महिनाको पहिलो साता सालाखाला ८० हजार रुपैयाँ प्रतिमन कायम रहेको अलैँचीको मूल्य कार्तिक महिनाको पहिलो साता प्रतिमन ८७ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङले जनाएको छ। अलैँची…

  • करोडौं खर्चिएका गण्डकीका अधिकांश होमस्टे बन्द अवस्थामा

    करोडौं खर्चिएका गण्डकीका अधिकांश होमस्टे बन्द अवस्थामा

    गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवर्द्धनका नाममा करोडौ रुपियाँको लगानी गरेका अधिकांश होमस्टे हाल बन्द अवस्थामा छन् । आर्थिक वर्ष २०७५/०७६ देखि लागू गरिएको होमस्टे सञ्चालन कार्यविधि-२०७५' अनुसार सञ्चालनमा ल्याइएका होमस्टेहरू स्वरोजगार सिर्जनाद्वारा ग्रामीण समृद्धिको नमुना बन्ने अपेक्षा थियो। तर, मन्त्रालयको अनुदान लिनकै लागि मात्रै दर्ता भएका धेरै होमस्टे केही…

  • पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

    पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

    नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पाइपलाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५…

  • लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च

    लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च

    गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च भएको हो । जबकि गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ…

  • निर्यातमा दिँदै आएको नगद अनुदान बन्द गरेसँगै व्यवसायी भए चिन्तित

    निर्यातमा दिँदै आएको नगद अनुदान बन्द गरेसँगै व्यवसायी भए चिन्तित

    सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेसँगै यसको प्रभावबारे निर्यात व्यवसायीहरूमा गहिरो चिन्ता छाएको छ। गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुनेगरी अनुदानका लागि निवेदन नलिने घोषणा गरेपछि व्यवसायीहरू प्रभावित हुने भन्दै चर्चा सुरु भएको हो। विशेषगरी, यस निर्णयले…

  • भोटेकोशी आयोजनाको व्यावसायिक उत्पादन सुरु, दैनिक आम्दानी एक करोड

    भोटेकोशी आयोजनाको व्यावसायिक उत्पादन सुरु, दैनिक आम्दानी एक करोड

    मध्य भोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । २०६८ मा विद्युत खरिद सम्झौता (पीपीए) भएर अनेक आरोह–अवरोह खेप्दै आएको आयोजनाले दैनिक १०२ मेगावाट विद्युत उत्पादन सुरु गरेको हो । राजनीतिक हस्तक्षेप, प्रशासनिक आडमा स्थानीयले आयोजनामाथि गरेको पटक–पटकको आक्रमण, आयोजनाको आन्तरिक अव्यवस्था, भूकम्प, बाढीपहिरो, कोभिडलगायतका घटनाले निर्माणमा ढिलाइ भएको…

Scroll to Top