Banijya News

बाणिज्य

लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च

लक्ष्यको ४.७ प्रतिशत मात्र पुँजीगत खर्च

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा […]

भोटेकोशी आयोजनाको व्यावसायिक उत्पादन सुरु, दैनिक आम्दानी एक करोड

भोटेकोशी आयोजनाको व्यावसायिक उत्पादन सुरु, दैनिक आम्दानी एक करोड

मध्य भोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । २०६८ मा विद्युत खरिद सम्झौता (पीपीए) भएर अनेक आरोह–अवरोह खेप्दै आएको आयोजनाले दैनिक १०२ मेगावाट विद्युत उत्पादन सुरु गरेको हो । राजनीतिक हस्तक्षेप, प्रशासनिक आडमा स्थानीयले आयोजनामाथि गरेको पटक–पटकको आक्रमण, आयोजनाको आन्तरिक अव्यवस्था, भूकम्प, बाढीपहिरो, कोभिडलगायतका घटनाले निर्माणमा ढिलाइ भएको…


  • झिलिमिली बत्ती आयातमा मात्रै बर्षेनी बाहिरिन्छ करोडौँ रुपैयाँ

    झिलिमिली बत्ती आयातमा मात्रै बर्षेनी बाहिरिन्छ करोडौँ रुपैयाँ

    तिहारलगायतका चाडपर्वमा उज्यालो बनाउन बालिने झिलिमिली बत्ती नेपालमै तयार नहुँदा बर्षेनी करोडौं रुपैयाँ बाहिरिने गरेको छ । नेपालमा खास गरी तिहार, छठ, क्रिसमस डे, विवाह लगायतका पर्वमा झिलिमिली बत्ती बाल्ने परम्परा छ । यस्ता चाडपर्वमा बालिने यो बत्ती शतप्रतिशत आयात हुँदै आएको छ । नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अनुसार नेपालमै…

  • सडक र पुल निर्माणका अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया सुरु

    सडक र पुल निर्माणका अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया सुरु

    सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रियाअगाडि बढाएका छन् ।…

  • अन्तरदेशीय दुई ठुला प्रसारण लाइन बनाउन तीन अर्ब लगानी स्वीकृत

    अन्तरदेशीय दुई ठुला प्रसारण लाइन बनाउन तीन अर्ब लगानी स्वीकृत

    सरकारले दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउन तीन अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इनरुवा–न्यू पूर्णिया ४०० केभी र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणमा उक्त रकम लगानी गर्न स्वीकृति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका…

  • सयपत्री ढकमक्क फुल्दा तिहारमा बजार खोज्दै किसान

    सयपत्री ढकमक्क फुल्दा तिहारमा बजार खोज्दै किसान

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छिन् । गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ । उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छिन् । गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री…

  • ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि उद्योग मन्त्रालयको ३९ बुँदे कार्ययोजना

    ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि उद्योग मन्त्रालयको ३९ बुँदे कार्ययोजना

    सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सो कार्ययोजना…

  • सिजीको ‘उज्यालो भनेकै सिजी एल.ई.डिहरू’ अभियान सार्वजनिक

    सिजीको ‘उज्यालो भनेकै सिजी एल.ई.डिहरू’ अभियान सार्वजनिक

    सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान ‘उज्यालो भनेकै सिजी एल.ई.डि हरू’ सार्वजनिक गरेको छ । यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्‍याउनु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिजी एल.ई.डिलाई फास्ट सर्भिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले घरलाई अझ उज्यालो र आकर्षक…

  • तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

    तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

    डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन्। तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिइ बक्यौता रकम तिर्न सुरु गरेका थिए। तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम…

  • वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धी

    वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धी

    आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धी भएको छ। राष्ट्र बैंककाे तथ्यांकअनुसार शुरुको दुई महिनामा निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको हो । साथै, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत…

  • निजी लगानी बढाउन माघसम्म कम्पनी विधेयक मस्यौदा तयार पार्ने मन्त्री सिन्हाको तयारी

    निजी लगानी बढाउन माघसम्म कम्पनी विधेयक मस्यौदा तयार पार्ने मन्त्री सिन्हाको तयारी

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी लगानीलाई प्रोत्साहन गर्ने तत्काल गर्नुपर्ने कामको सूची तयार पारी मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री सिन्हाले निजी क्षेत्रलाई प्रोत्साहित गरी लगानी बढाउने प्रयासस्वरुप कानुनमा सुधारदेखि अरु नीतिगत निर्णय गर्ने कार्ययोजना तयार पारेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि…

  • फूल आयात रोक्न माग गर्दै फ्लोरिकल्चर एसोसिएसनद्धारा सीडीओलाई ज्ञापनपत्र

    फूल आयात रोक्न माग गर्दै फ्लोरिकल्चर एसोसिएसनद्धारा सीडीओलाई ज्ञापनपत्र

    चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो । एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन…

Scroll to Top