महासंघको नयाँ नेतृत्वका लागि १३७ उम्मेदवार चुनावी मैदानमा
मुलुकको निजी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित छाता सङ्गठन, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानैदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निकै चहलपहल र रौनक देखिएको छ। महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन भइरहेको छ भने यसमा मुलुकभरबाट आएका दुई हजारभन्दा बढी व्यवसायी…

