एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत
एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर) को सहुलियत ऋण स्वीकृत गरेको छ । डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न उक्त रकम बराबरको ऋण स्वीकृत गरिएको एडीबीले जनाएको छ ।…

