चाडपर्वलक्षित सुपथ मुल्य पसल आजबाट सञ्चालनमा
सरकारी स्वामित्वका दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारबाट छुट मूल्यसहित सुपथ पसल सञ्चालनमा ल्याउने भएका छन् । विगतमा जस्तो यसपटक सुपथ पसल उद्घाटनको औपचारिक कार्यक्रम नराखिएको, तर आ–आफ्नो आउटलेटबाट बिक्री थालिने खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए । खाद्यले थापाथली, नख्खु, सूर्यविनायकलगायतमा कार्यालय रहेको…

