११ महिनामा वीरगञ्ज नाका हुँदै १५ अर्ब बढीका इन्धन सवारीसाधन आयात
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वीरगञ्ज नाका हुँदै झन्डै १६ अर्ब रुपैयाँ बराबरका इन्धनबाट चल्ने सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, उक्त अवधिमा ५९ हजार ४७४ युनिट सवारीसाधन भित्रिएका हुन्। भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, सवारीसाधन आयातबाट कुल १५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।…

