Banijya News

समाचार

चेम्बर र आईएमएफका प्रतिनिधिबीच नेपालको आर्थिक अवस्थाबारे छलफल

नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाइ, […]

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबिच तादत्म्यता मिलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन…


  • बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै

    बझाङ माथिल्लो सेती आयोजना बनाउन साढे ४४ अर्ब लगानी स्वीकृत गर्दै

    समृद्धि इनर्जी लिमिटेडले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती अर्धजलाशय जलविद्युत् आयोजना (पीआरओआर) निर्माण गर्ने भएको छ। आयोजना निर्माणका लागि आवश्यक पर्ने ४४ अर्ब ५१ करोड रुपैयाँ लगानी स्वीकृत गर्न लगानी बोर्डले तयारी गरिरहेको छ। बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार जेठ २२ गते बस्ने ६३औँ बोर्ड बैठकमा…

  • चालु दश महिनामा निर्जीवन बीमा कम्पनीबाट ३५ अर्ब बीमा शुल्क संकलन

    चालु दश महिनामा निर्जीवन बीमा कम्पनीबाट ३५ अर्ब बीमा शुल्क संकलन

    चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख) सम्म निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब नौ करोड ८० लाख ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार देशभर सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले २३ लाख ५८ हजार पाँच सय ११ वटा बीमालेख जारी गरी उक्त बीमा…

  • आगामी वर्ष दुई खर्ब ८७ अर्ब वैदेशिक सहायता लिने लक्ष्य, १९ प्रतिशत अनुदान

    आगामी वर्ष दुई खर्ब ८७ अर्ब वैदेशिक सहायता लिने लक्ष्य, १९ प्रतिशत अनुदान

    आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले वैदेशिक सहायता (ऋण र अनुदान) पुरानै दाता संस्थाहरूबाट प्राप्त गर्ने लक्ष्य लिएको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले दुई खर्ब ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता लिने योजना बनाएको छ, जसमा दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ ऋण र ५३ अर्ब ४५…

  • नेपाल पुनर्बीमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढ्यो

    नेपाल पुनर्बीमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढ्यो

    नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास ९साउन–पुस०सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा…

  • एक अर्ब २७ करोडले बढ्यो फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति

    एक अर्ब २७ करोडले बढ्यो फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति

    वाणिज्य र विकास बैंकसरह फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति समेत तीव्र रूपमा बढिरहेको छ। कर्जा असुलीमा समस्या देखिएसँगै धेरैजसो फाइनान्स कम्पनीहरूले लिलामीमार्फत सम्पत्ति बिक्री गर्न नसकेपछि ती सम्पत्तिहरू गैर–बैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गर्न थालेका छन्। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जाको माग कमजोर छ। अर्कोतर्फ, अघिल्लो वर्षहरूमा प्रवाह भएका कर्जाहरूको…

  • Default Image

    प्रतिनिधिसभा बैठक बस्दै, राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको…

  • विश्व बैंकले सात वर्षमा नेपालमा तीन खर्ब बढी लगानी गर्ने

    विश्व बैंकले सात वर्षमा नेपालमा तीन खर्ब बढी लगानी गर्ने

    विश्व बैंकले आगामी सात वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ (करीब २.७ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ। नयाँ देशीय साझेदारी ढाँचा (Country Partnership Framework–CPF) मार्फत रोजगारी सिर्जना, प्राकृतिक प्रकोप व्यवस्थापन, तथा जलवायु जोखिम न्यूनीकरणका क्षेत्रमा यो लगानी केन्द्रित हुने विश्व बैंकले जनाएको छ। मे २९, २०२५ मा विश्व…

  • बैंकिङ संकट रोक्न ठूला बैंकहरू ‘प्रणालीगत महत्त्वपूर्ण’मा वर्गीकरण हुने

    बैंकिङ संकट रोक्न ठूला बैंकहरू ‘प्रणालीगत महत्त्वपूर्ण’मा वर्गीकरण हुने

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै ठूला बैंकहरूलाई ‘प्रणालीगत महत्त्वपूर्ण बैंक’ (Systemically Important Banks - SIB) को रूपमा वर्गीकरण गर्ने तयारी गरेको छ। यसका लागि आवश्यक फ्रेमवर्क अन्तिम चरणमा पुगेको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलका अनुसार चालु आर्थिक वर्षभित्रै फ्रेमवर्क तयार गरेर आगामी…

  • समर्थन मूल्यमा धान खरिद गर्न सरकारसँग महासंघको माग

    समर्थन मूल्यमा धान खरिद गर्न सरकारसँग महासंघको माग

    सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न माग गर्दै अखिल नेपाल किसान महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष प्रेम दंगाल नेतृत्वको टोलीले मंगलबार मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्। महासंघका अनुसार सरकारले चालू आर्थिक वर्ष २०८१/८२…

  • बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।…

Scroll to Top