प्रसारण लाइनमुनि रहेका संरचना हटाउन काठमाडौँ महानगरले दियो अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घर, टहरा, पर्खाललगायत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरको सहरी व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० अनुसार प्रसारण लाइनको मुनि तथा नजिक रहेका संरचना मापदण्डविपरीत निर्माण भएकाले ती तत्काल हटाउन आग्रह गरेको हो।…

