सरकारलाई कृषि बिमा अनुदानको भार थेग्नै मुस्किल, वास्तविक किसानलाई कति छ राहत ?
कृषि तथा पशुपन्छी बिमाको प्रिमियममा सरकारले दिँदै आएको ८० प्रतिशत अनुदान राज्यको लागि टाउको दुखाइको विषय बनेको छ। समयमै अनुदान रकम भुक्तानी गर्न नसक्दा बिमा कम्पनीहरूले बिमालेख जारी गर्न समेत रोक्ने अवस्था सिर्जना हुन थालेको छ। सीमित स्रोतसाधनका बाबजुद सरकारले वर्षेनी बढ्दो अनुदानको भार थेग्न नसकेको भन्दै आलोचना भइरहेको छ।…

