तीन जलवायु अनुकूलन परियोजना स्वीकृत, चार करोड ४९ लाख डलरभन्दा बढी सहयोग प्रस्ताव
कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । यी परियोजनामार्फत नेपालले पारिस्थितिक प्रणालीको संरक्षण, बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय वित्तीय सहयोग प्राप्त गर्नेछ…

