पर्सा अदालतले रवि लामिछानेसँग माग्यो एक करोड धरौटी
जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ । मंगलबार अदालतले सहकारी ठगी मुद्दामा लामिछानेलाई १ करोड धरौटी माग्ने आदेश गरेको हो । धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिएका छन ।

