April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

सेयर बजार १३ अंकले गिरावट, वित्त समूह चम्कियो

असार १६, काठमाडौं ।
शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अंकले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ ।

Advertisement

दिनभरजसो उतार–चढाव भएको नेप्से मंगलबारको तुलनामा ४६ अंकले झरेर २७८२ अंकसमम झरेको थियो । दिउँसो करिब पौन १ बजेसम्म बिक्री चाप हाबी हुँदा घट्दो क्रममा देखिएको नेप्से त्यसपछि भने केही उतार–चढाव देखिए पनि लगातार बढ्दो क्रमामा नै रह्यो । अन्तिममा सामान्य घटेर बन्द भयो ।

Advertisement

बजार परिसूचकमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घट्दो क्रममा नै देखिएको छ । यही जेठ ३१ गते एकैदिन १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबार भएको बजारमा त्यसयता लगातार घट्दै गएको कारोबार रकम १७ दिनपछि ६ अर्बभन्दा तल झरेको छ । आज नेप्सेमा १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजारको सेयर किनबेच भएको छ ।

बजार घटेको दिन आज विकास बैंक १३६.९६, जलविद्युत २.९५, वित्त ११८.७८, निर्जीवन बीमा ५.६३, उत्पादनमूलक ५७.०९ र अन्य समूह १८.३१ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी जीवन बीमा समूह ११२.४८ अंकले घटेको हो ।

आज दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर ५ अर्ब  ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । समूहगत रुपमा हेर्दा यस दिन फाइनान्स र विकास बैंकका लगानीकर्ताले उल्लेख्य मूल्य कमाएका छन्। विकास बैंक १३६, फाइनान्स ११८ अंकले बढे। त्यस्तै जलविद्युत २, निर्जीवन बीमा ५, उत्पादन ५७ र अन्य १८ अंकले बढे। बैंकिङ ४, ब्यापार २२, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४७, जीवन बीमा ११२ र लगानी समूह २ अंकले घटे ।

आज एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।