April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

हट्यो जोरविजोर प्रणाली, स्कुल, कलेज सञ्चालनमाथिको प्रतिवन्ध कायमै

हट्यो जोरविजोर प्रणाली, स्कुल, कलेज सञ्चालनमाथिको प्रतिवन्ध कायमै

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । अब सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि हट्ने भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गदै जोर बिजोर प्रणाली हटाएको छ । स्थानिय प्रशासनले मंगलबारबाट लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सफा टेम्पो, निलो माइक्रो सहित सबै प्रकारका सार्वजनिक सवारी सञ्चालन गर्न पाइने छ । यसअघि २५ सिट क्षमता भन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रु भन्दा धेरै बोक्न पाइने छैन । निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन भने स्कुल, कलेज सञ्चालनमाथिको प्रतिवन्ध कायमै छ । अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि पाइनेछ । यसका साथै पूर्वनिर्धारित परीक्षाहरु सञ्चालन गर्न पाइनेछ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । निर्माण सामग्री ढुवानी गर्न पनि पाइने छ ।

Advertisement