Banijya News

प्रविधिको विकाससँगै भैरहवामा लोडबोर्ड सुचारु

1
1.1K Shares

प्रविधिको विकाससँगै भैरहवामा नयाँ लोडबोर्ड सञ्चालनमा आएको छ। यो सेवा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने र सहजता ल्याउने उद्देश्यले सुरु गरिएको हो।

पहिले म्यानुअल रूपमा सूचना टाँस्ने वा कागजी माध्यम प्रयोग गर्ने चलन थियो भने अहिले डिजिटल डिस्प्ले बोर्डमार्फत सूचना, समयतालिका, नतिजा तथा अन्य सन्देशहरू छिटो र प्रभावकारी रूपमा प्रवाह गरिँदै आएको छ। यातायात क्षेत्रमा पनि सहज रूपमा व्यवस्थापन गर्नको लागि रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर २ मा लोडबोर्डको कार्यालय स्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै लोड बोर्डका अध्यक्ष श्रीमान कार्कीले डिजिटल लोडबोर्डले सूचना सम्प्रेषणलाई सहज, छरितो र पारदर्शी बनाएको बताउँदै सेवाग्राही र सेवा प्रदायक निकायबीच सहज हुने विश्वास व्यक्त गरे । नेपाल ट्रक यातायात व्यवसायी महासङ्का महासचिव राजेन्द्रविक्रम बानियाले यातायात व्यवसायीलाई सहज हुने उद्देश्यले लोडबोर्डको स्थापना भैरहवामा गरिएको उल्लेख गरे । 

उक्त कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रूपन्देहीका अध्यक्ष रुमाखर गौतमले यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न र एकै ठाउँबाट सहज ढङ्गबाट चालन गर्न यो सफ्टवेयरले सहयोग गर्ने बताए। यसरी प्रविधिको विकाससँगै लोडबोर्ड प्रणाली सुचारु र व्यवस्थित बन्दै जाँदा सूचना प्रवाहको परम्परागत शैलीमा ठूलो परिवर्तन आएको देखिन्छ। आगामी दिनमा अझ उन्नत प्रविधि प्रयोग भएसँगै यस्तो प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top