Banijya News

बिजुली केन्द्रीय लाइनमा जोडियो ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजना

1
1.0K Shares

म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको हो । आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर अस्ति बेलुकादेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको आयोजनाका प्रमुख शिवसागर यादवले जानकारी दिए ।

परीक्षण सफल भएपछि अबको १५ दिनमा व्यावसायिक उत्पादन शुरू हुनेछ । सुक्खायाम भएकाले अहिले १३ दशमलव ८६ मेगावाट बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख यादवले बताए। बाँध, विद्युत् गृह, पाइपलाइन, प्रसारणलाइन र विद्युत् गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको थियो । यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर ६ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

1

Scroll to Top