Banijya News

नाइमा एक्स्पोमा चेरी वान्डाका विद्युतीय गाडीको दबदबा, बिना धितो सुविधाले गरायो सयौँ बुकिङ

1
1.0K Shares

काठमाडौँको भृकुटीमण्डपमा हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीसाधनले अवलोकनकर्ता तथा ग्राहकहरूको विशेष ध्यान खिच्न सफल भएका छन्। आकर्षक डिजाइन र किफायती विशेषताका कारण एक्स्पो अवधिभर यस ब्रान्डका सवारीप्रति जनमानसको अभूतपूर्व उत्साह देखिएको र सयौँको संख्यामा बुकिङ समेत भएको कम्पनीले जानकारी दिएको छ।

‘मेहेनती हातको विश्वासिलो साथ’ भन्ने मुख्य नाराका साथ प्रस्तुत भएको चेरी वान्डाले यस एक्स्पोमा बिना धितो हायर पर्चेज सुविधा उपलब्ध गराएको थियो। विशेषगरी आफ्नै व्यवसाय सञ्चालन गरिरहेका तथा विद्युतीय सवारी खरिद गर्न चाहने उद्यमीहरूका लागि यो सहुलियतपूर्ण वित्तीय योजना निकै प्रभावकारी साबित भएको छ।

यी विद्युतीय सवारीहरू मन्टेश्वरी विद्यालय, होटल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि अत्यन्त उपयुक्त मानिएका छन्। एक्स्पोमा मन्टेश्वरी सञ्चालकहरूले ११ र १२ सिटर क्षमताका गाडीहरूमा गहिरो रुचि देखाएका थिए भने होटल तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरूले १६ सिटर भेरियन्टप्रति विशेष आकर्षण प्रकट गरेका थिए। हल ुडिु को स्टल नम्बर १६ मा राखिएका ११, १२, १४ र १६ सिट क्षमताका मोडलहरूले आगन्तुकको राम्रो साथ पाएका थिए।

यस सफलतापछि चेरी वान्डाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले स्टलमा उपस्थित भई सवारीसाधन अवलोकन गर्ने, जानकारी लिने तथा बुकिङ गर्ने सम्पूर्ण ग्राहक एवं शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ। साथै, कम्पनीले आगामी दिनमा पनि नेपाली बजारको आवश्यकता र अपेक्षाअनुरूप भरपर्दो तथा गुणस्तरीय विद्युतीय व्यावसायिक सवारी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।

1

Scroll to Top