Banijya News

राजस्व चुहावट नियन्त्रणका लागि अर्थमन्त्री सहितको उच्चस्तरीय बैठक बस्दै

1
1.0K Shares

राजस्व चुहावट नियन्त्रणका लागि अर्थमन्त्री वाग्लेसहितको उच्चस्तरीय बैठक आज बस्दै छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन् । बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय भएको अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

बैठकमा राजस्व प्रशासनलाई चुस्त बनाउने र चुहावट नियन्त्रण गर्ने विषयमा छलफल हुनेछ । राजस्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री वाग्लेले सरोकारवालाहरुसँग छलफल गर्नेछन् ।

1

Scroll to Top