Banijya News

‘पुनर्निर्माण कोष’का लागि ओरिएण्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग

1
1.2K Shares

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलब्ध गराएको हो । सो अवसरमा अर्थमन्त्री खनालले संकटको समयमा सरकारलाई सहयोग गरेकोमा दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए ।

1

Scroll to Top