Banijya News

मनाङमा तीन दल चुनावी मैदानमा

1
1.2K Shares

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ती मनाङमा तीन दल चुनावी मैदानमा छन् । दुई दलका उमेदवारले उमेदवारी फिर्ता लिएसँगै तीनजनालाई उमेदवार कायम गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । कार्यालयका प्रतिनिधी गोविन्द प्रसाद अर्यालका अनुसार नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुविरसिंह गुरुङले शुक्रबार (माघ ९) उमेदवारी फिर्ताको निवेदन दिएका थिए । त्योसँगै उमेदवारबाट उनीहरूको नाम हटाइएको हो ।

मनाङमा पाँचजनाले मनोनयनपत्र दर्ता गराएका थिए । दुईजनाको नाम उमेदवारको सूचीबाट हटाइएसँगै अब चुनावी मैदानमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का यशोदा गुरुङ (सुवेदी) र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले चुनाबी प्रतिस्पर्धामा छन् ।

मनाङको यस क्षेत्रमा सात हजार मतदाता रहेका छन् । पुरुषको संख्या तीन हजार तीन सय ७७ हुँदा महिलाको संख्या ३ हजार तीन सय २३ छ । जसमा १०७ जना नयाँ मतदाता थपिएका हुन् ।

1

Scroll to Top