Banijya News

डिप्रोक्स लघुवत्तिको नाफामा ८०.३० प्रतिशतको वृद्धि

1
1.1K Shares

डिप्रोक्स लघुवत्तिको नाफामा ८०.३० प्रतिशतकोे वृद्धि आएको छ । लघुवत्तिले सार्वजनकि गरेको चालु आर्थकि वर्षको दोस्रो त्रैमाससम्मको अपरस्किृत वत्तिीय वविरण अनुसार लघुवत्तिको खुद नाफा ८०.३० प्रतशितले बढेको हो । दोस्रो त्रैमासमा लघुवत्तिले कुल ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवत्तिले गत आर्थकि वर्षको सोही अवधमिा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो ।  समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.५१ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.९४ प्रतिशत र सञ्चालन मुनाफा ७१.५१ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २३ करोड ३७ लाख रुपैयाँ रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड १ लाख रुपैयाँ रिभर्स भएको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको ईपीएस १८ रुपैयाँ ६१ पैसा बढेर ४७ रुपैयाँ ४१ पैसा पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ दुई सय २१ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.४२ गुणा छ ।

 

1

Scroll to Top