सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले इन्टरनल अडिट, सेक्युरिटी एनालिस्ट, असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी माग गरेको हो ।
इन्टरनल अडिटका सुपरभाइजर तहका लागि आवेदन दिने इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण तथा अर्धयोग्य चार्टर्ड एकाउन्टेन्ट (सिएरएसिसिए) उत्तीर्ण भएका योग्य रहनेछन्। त्यसैगरी, मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातकोत्तर तह उत्तीर्ण तथा चार्टर्ड एकाउन्टेन्ट (सिए) उत्तीर्ण गरेका क्रमशः सहायक अधिकृत र अधिकृत तहका लागि योग्य हुनेछन्।
सुपरभाइजर, सहायक अधिकृत र अधिकृत तहमा आवेदन दिनको लागि क्रमशः बैंक लेखापरीक्षण अनुभव सहित बैंकरलेखापरीक्षण फर्ममा कम्तीमा एक, दुई र तीन वर्षको अनुभव भएको हुनुपर्नेछ। यस्तै, सेक्युरिटी एनालिस्टले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव हुनु पर्नेछ।
असिस्टेन्ट ट्रेनीले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक डिग्री कम्तीमा ५० प्रतिशत वा सिजिजिए ४ मध्ये ३ वा १० मध्ये ७.५ र जुनियर असिस्टेन्ट ट्रेनीले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा ४ मध्ये २.८ जिपिए वा बि ग्रेड सहितको माध्यमिक तहको डिग्री लिएको हुनु पर्नेछ।
असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदको लागि फ्रेसरले पनि आवेदन दिन सक्नेछन्। इच्छुकले फागुन २५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।


