Banijya News

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित

1
1.1K Shares

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका प्रमुख सचेतक रोकायालाई सभापतिमा चयन गरेको हो ।  बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो ।

सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समिति सभापतिमा सर्वसम्मत भएपछि रोकायाले कसैप्रति कुनै पनि प्रकारको आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘मैले आफ्नो यो कार्यकालमा जसरी विश्वास गरेर माननीयज्युहरुले पठाउनुभएको छ । समितिको कार्यकालभरि म कसैप्रति पनि कुनै प्रकारको आग्रह नराखीकन पार्टीभन्दा माथि उठेर यो  विधायन समितिलाई अझ गरिमामय बनाउने, राष्ट्रिय सभाको गरिमालाई बचाउने तथा निष्पक्ष भूमिका मेरो तर्फबाट हुनेछ ।’

1

Scroll to Top