Banijya News

सानिमा बैंकलाई अग्राधिकार सेयर जारी गर्न अनुमति

1
1.1K Shares

सानिमा बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। बोर्डले २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो।

यससँगै सानिमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

1

Scroll to Top