Banijya News

पूर्वमन्त्री विष्णु पौडेलको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

1
1.0K Shares

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा सो आदेश जारी गरेको हो।

आफ्नो पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई ‘श्रीराम टोवाको प्रालि.को सेयर खरिद प्रक्रियामा गैरकानुनी रूपमा सहजीकरण गरेको आरोप पौडेलमाथि लागेको छ। सोही कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए।

यता, उनलाई गैरकानुनी र असंवैधानिक रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले पक्राउ गर्नुको लिखित कारण माग गरेको हो।

1

Scroll to Top