संसद् सञ्चालनको तिन वर्षमा तलब–भत्तामा मात्रै तीन अर्ब २१ करोड खर्च
संघीय संसद् सञ्चालनको तीन वर्षे अवधिमा सांसद तथा पदाधिकारीहरूको तलब–भत्ता, सचिवालय व्यवस्थापन र भवन भाडासहित तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । यो रकममा संसद् सचिवालयको नियमित प्रशासनिक खर्च भने समावेश गरिएको छैन । संसद् सचिवालयको तथ्यांकअनुसार २०७९ पुसदेखि २०८२ भदौसम्म पदाधिकारी, सदस्य र…

