Banijya News

अर्थनीति

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट साट्न थालिएको छ । नेपाल राष्ट्र बैङ्कले आजदेखि आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण […]

आन्दोलनले पुर्‍याएको क्षतिको बाबजुद पुनर्निर्माण र नयाँ लगानीमा जुट्दै निजी क्षेत्र

आन्दोलनले पुर्‍याएको क्षतिको बाबजुद पुनर्निर्माण र नयाँ लगानीमा जुट्दै निजी क्षेत्र

देशमा हालै भएको जेनजी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमा अर्बौंको नोक्सानी भएको छ । यसबाट हजारौंको रोजगारी धरापमा परेको र लगानी जोखिममा परेको व्यवसायीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले…


  • जेनजी आन्दोलनमा आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन

    जेनजी आन्दोलनमा आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन

    जेनजी आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयले एक जना शिक्षकलाई निकालेको छ । गएको मङ्गलवार जेनजी समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई कारबाही स्वरुप निकालेको हो । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा…

  • प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त : शपथ ९ बजे

    प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त : शपथ ९ बजे

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेपछि आजै उनले प्रधानमन्त्रीको रूपमा शपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ८ः४५ बजे शीतल निवासमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला…

  • आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

    आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

    आज वाणिज्य बैंक र वित्तीय संस्थाहरूले आंशिक रूपमा आफ्ना शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। हाल देशको अवस्था पूर्ण रूपमा सामान्य नभए पनि, ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्। नेपाल बैंकर्स एशोसिएसनको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा…

  • जेनजी आन्दोलनमा भएको क्षतिले अर्थतन्त्रमा धक्का, पुनर्निर्माणमा खर्बौँ खर्च लाग्ने

    जेनजी आन्दोलनमा भएको क्षतिले अर्थतन्त्रमा धक्का, पुनर्निर्माणमा खर्बौँ खर्च लाग्ने

    जेन–जी आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा गरिएको तोडफोड, आगजनी र आक्रमणले नेपालको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। आन्दोलनको छोटो अवधिमा सार्वजनिक सम्पत्तिदेखि निजी व्यवसायसम्ममा व्यापक क्षति पुगेको छ, जसले अर्थतन्त्रलाई फेरि संकटतर्फ धकेलेको छ। २०७२ को विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र कोभिड–१९ महामारीपछिको असरबाट विस्तारै उठ्दै गरेको नेपाली अर्थतन्त्र…

  • जेनजी आन्दोलनपछि अधिकांश भन्सार ठप्प, अत्यावश्यक वस्तु मात्र आयात

    जेनजी आन्दोलनपछि अधिकांश भन्सार ठप्प, अत्यावश्यक वस्तु मात्र आयात

    जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागी भएपछि बन्द रहेका अधिकांश भन्सार कार्यालय बुधवारदेखि खुलेको भन्सार विभागले बताएको छ । तर, ती भन्सार कार्यालयले सामान्य अवस्थामा झैं काम गर्न सकेका छैनन् । चीनसँगको नाकामा रहेका रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द छन् । भारतसँग नाका जोडिएका भन्सार विन्दु पनि…

  • बैंकिङ क्षेत्रको चुक्ता पुँजी साढे चार खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको चुक्ता पुँजी साढे चार खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी झण्डै साढे चार खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब…

  • निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार विज्ञप्ति जारी गरी सीमित कार्य गर्न भनेको हो । “बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई…

  • त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

    त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

    त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ–मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९,…

  • आन्दोलनमा निजी सम्पत्तिमा गरिएको तोडफोड खेदजनक : एलपी ग्यास उद्योग संघ

    आन्दोलनमा निजी सम्पत्तिमा गरिएको तोडफोड खेदजनक : एलपी ग्यास उद्योग संघ

    नेपाल एलपी ग्यास उद्योग संघले जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । बुधबार जारी विज्ञप्तिमा संघले आन्दोलनका क्रममा १९ जना युवा आन्दोलनकारीसहित प्रहरी र अन्य नागरिक गरी २३ जनाको ज्यान गएको र ३५० भन्दा बढी घाइते भएको घटनाले मर्माहत बनाएको जनाएको…

  • जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु

    जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु

    भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ । हालसम्म कुनै औपचारिक तथ्याङ्क प्राप्त नभए पनि अर्बौ रुपैयाँको भौतिक सम्पत्ति र थुप्रै मानिसको…

Scroll to Top