१० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे दुई अर्ब ४३ करोड
जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा लघु बीमा मार्फत २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म बीमा कम्पनीहरूले ४९ लाख ६९ हजार ८४३ वटा लघु बीमालेख बिक्री गरेका छन्।…

