मन्त्री चौधरी र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भेटवार्ता गरेका छन्। मन्त्री निवासमै भएको उक्त भेटमा दुवै पक्षबीच विश्व बैंकसँगको सहकार्यमा नेपालमा सञ्चालन भइरहेका कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमबारे समीक्षा गरिएको थियो। साथै, कृषि क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन, बजार व्यवस्थापन सुधार, तथा उत्पादन प्रणालीलाई थप प्रभावकारी…

