Banijya News

बाणिज्य

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन, किसानलाई राहत

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन, किसानलाई राहत

जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । बुढीनन्दा– २ मा रहेको कोल्टी […]

पश्चिम एसियाको युद्धले नेपाली श्रमिक संकटमा : न रोजगारी बच्ने आशा, न ज्यान

पश्चिम एसियाको युद्धले नेपाली श्रमिक संकटमा : न रोजगारी बच्ने आशा, न ज्यान

पश्चिम एसियामा बढ्दो सैन्य तनाव र युद्धको प्रभाव क्रमशः त्यहाँ कार्यरत नेपाली श्रमिकहरूमा देखिन थालेको छ । पश्चिम एसियाको युद्ध कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट संकेत नदेखिएकाले त्यहाँ रहेका नेपाली श्रमिकहरूमा अनिश्चितता बढेको छ । काम गुम्ने डर, स्वदेश फर्किएपछि रोजगारीको अनिश्चितता र युद्धको जोखिमले धेरै नेपालीहरू चिन्तित बनेका छन्…


  • काठमाडौंमा साउथ एसिया ट्रेड फेयर २०२६ हुँदै

    काठमाडौंमा साउथ एसिया ट्रेड फेयर २०२६ हुँदै

    दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित 'साउथ एसिया ट्रेड फेयर २०२६' आगामी ७ देखि ११ मे २०२६ (वैशाख २४ देखि २८ २०८३) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि. द्वारा आयोजना तथा…

  • पेट्रोलियममा उच्च करले महँगी चर्कियो : उपभोक्ता अधिकारकर्मीको माग कर कटौती

    पेट्रोलियममा उच्च करले महँगी चर्कियो : उपभोक्ता अधिकारकर्मीको माग कर कटौती

    नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहँदा त्यसको प्रत्यक्ष असर जनजीवनमा परिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि एक कारण भए पनि नेपालमा उपभोक्ताले तिर्नुपर्ने मूल्य चर्को हुनुमा सरकारले लगाएको उच्च कर संरचना पनि मुख्य कारण रहेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार अत्यावश्यक वस्तुमा अत्यधिक कर लगाइँदा उपभोक्ताले दोहोरो आर्थिक बोझ…

  • उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित

    उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित भएका छन् । अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त…

  • मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: चन्द्र ढकाल

    मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ: चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोतसाधानको अधिकतम उपयोग गरी…

  • महिला उद्यमी ज्ञवालीको महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

    महिला उद्यमी ज्ञवालीको महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

    महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । महिला उद्यमीहरूको पक्षमा राष्ट्रिय लबिङ गर्नका लागि आफूले उम्मेदवारी दिएको ज्ञवालीले बताएकी छन् । महासंघको केन्द्रीय सदस्यका लागि ज्ञवालीले एसोसिएटबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन् ।ज्ञवालीले झण्डै दुईतिहाइनजिकको बलियो सरकार…

  • उपभोक्ताको ढाड सेक्दै महँगी: खाद्यान्नदेखि पेट्रोलसम्म मूल्यवृद्धि

    उपभोक्ताको ढाड सेक्दै महँगी: खाद्यान्नदेखि पेट्रोलसम्म मूल्यवृद्धि

    नेपाली बजारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्यमा भएको अस्वभाविक वृद्धिका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र आन्तरिक बजार व्यवस्थापनमा देखिएको कमजोरीका कारण चामल, दाल, तेल जस्ता खाद्यान्नको मूल्य आकासिएको छ। यससँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा गरेको पटक–पटकको बढोत्तरीले…

  • अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

    अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

    विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको…

  • संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    संवादबाटै राजस्व वृद्धि गर्न वीरगञ्ज भन्सारलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व उठाउनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले उद्योगी–व्यवसायीलाई डर देखाएर वा अनावश्यक दबाब सिर्जना गरेर होइन, संवाद र सहकार्यको माध्यमबाट राजस्व वृद्धि गर्न आग्रह गरेका छन्। आज वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री वाग्लेले राजस्व लक्ष्य…

  • सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिन वैशाख ७ सम्म मौका

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिन वैशाख ७ सम्म मौका

    सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने समय थप गरेको छ। कम्पनीले यसअघि चैत ८ गतेदेखि खुला गरेको आईपीओमा अपेक्षित आवेदन नपरेपछि आवेदन अवधि लम्ब्याउने निर्णय गरेको हो। अब उक्त आईपीओमा २०८३ साल वैशाख ७ गतेसम्म आवेदन दिन सकिने…

  • कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, कतिसम्म आवेदन दिने ?

    कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, कतिसम्म आवेदन दिने ?

    कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज चैत २२ गतेदेखि खुला गरेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरिसकेको थियो भने अब अन्तिम चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ६ लाख…

Scroll to Top