सरकारी खातामा दुई खर्ब दुइ अर्ब रुपैयाँ नगद मौज्दात
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा (कात्तिकसम्म) नेपाल सरकारको खातामा कुल २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा यो परिमाणको रकम मौज्दात छ। यसमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय…

