Banijya News

बाणिज्य

स्याङ्जाको एउटै समूहले विक्री गर्याे ८७ लाख मूल्यको सुन्तला

स्याङ्जाको एउटै समूहले विक्री गर्याे ८७ लाख मूल्यको सुन्तला

स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन […]

चार रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको कति ?

चार रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको कति ?

नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली बिपरित भारतबाट प्रतिलिटर सात रुपैयाँ घटेर आएको डिजेलको भाउ नेपालमा चार रुपैयाँ मात्रै घटाउने निर्णय लिएको छ । तर, १.९४ रुपैयाँ प्रतिलिटर बढेर आएको पेट्रोलको भाउ भने सोभन्दा बढी प्रतिलिटर दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको छ । सोमबार रातिबाट लागू हुने गरी…


  • चार महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स

    चार महिनामा भित्रियो ६ खर्ब ८७ अर्ब रेमिट्यान्स

    चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन गत वर्षको तुलनामा ३१.४ प्रतिशत बढी हो । कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब…

  • विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब नाघ्यो, २० महिनाको आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब नाघ्यो, २० महिनाको आयात धान्ने

    विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशत बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । जबकि गत असार मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । राष्ट्र…

  • लगानी‍ कोष र सञ्चयकोषले एकभन्दा बढी बैंकमा लगानी गर्न नपाउने

    लगानी‍ कोष र सञ्चयकोषले एकभन्दा बढी बैंकमा लगानी गर्न नपाउने

    कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायका नेपाल सरकारेको लगानी रहेको सार्वजनिक संस्थाने पनि बैंकमा १५ प्रतिशतभनदा धेरै सेयर धारण गर्न नपाउने भएका छन् । कुनै एक बैंकमा बढीमा १५ प्रतिशत र अन्य बैक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी नहुेन गरी सेयर कायम गर्न राष्ट्र बैंकले निर्देशन…

  • दोस्रो किस्ता नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, २१ उद्योगलाई पत्राचार

    दोस्रो किस्ता नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, २१ उद्योगलाई पत्राचार

    डेडिकेटड तथा ट्रंकलाइन बक्यौताबापतको दोस्रो किस्ता तिर्न नेपाल विद्युत् प्राधिकरणले उद्योगी–व्यवसायीलाई पत्राचार गरेको छ। पहिलो किस्ता तिरेका २१ उद्योगले मंसिरको दोस्रो किस्ता नबुझाएको भन्दै पत्राचार गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए। दोस्रो किस्ताबापतको रकम नबुझाए फेरि लाइन काट्ने तयारीमा प्राधिकरण छ। ‘तत्कालै दोस्रो किस्ता तिर्नु भएन भने कुनै…

  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।…

  • महबाटै बर्सेनि करोडौँको कारोबार, पाँच सय युवा त्यसैमा भविष्य खोज्दै

    महबाटै बर्सेनि करोडौँको कारोबार, पाँच सय युवा त्यसैमा भविष्य खोज्दै

    परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुन् । विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा…

  • क्यानडा सहितका मुलुकमा छ करोड ६८ हजारको अचार निर्यात

    क्यानडा सहितका मुलुकमा छ करोड ६८ हजारको अचार निर्यात

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ करोड ६८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ८ करोड ७१ लाख ७५ हजार रुपैयाँको अचार निर्यात भएको थियो । भन्सार विभागका अनुसार १ लाख १ हजार ३१९ किलो अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो ।…

  • शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित

    शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित

    शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा गरी १२.५० प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा…

  • वैदेशिक ऋण लिने मुद्रा र ठेक्का गर्ने मुद्रा एउटै हुनुपर्नै

    वैदेशिक ऋण लिने मुद्रा र ठेक्का गर्ने मुद्रा एउटै हुनुपर्नै

    वैदेशिक ऋणमार्फत सञ्चालन हुने पूर्वाधार आयोजनामा अब ऋण लिने मुद्रा र ठेक्का तथा परामर्श सेवा खरिद गर्ने मुद्रा एउटै हुनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन नीतिमार्फत यस्तो व्यवस्था लागू गर्दै विनिमय दरको उतारचढावबाट राज्यलाई पर्ने दीर्घकालीन आर्थिक जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिएको छ । नयाँ व्यवस्थाअनुसार…

  • साढे दुई खर्ब निक्षेप संकलन हुँदा ऋण प्रवाह ७५ अर्ब मात्रै

    साढे दुई खर्ब निक्षेप संकलन हुँदा ऋण प्रवाह ७५ अर्ब मात्रै

    बैंक तथा वित्तीय संस्थाले गत साउनदेखि मंसिरसम्म २ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निक्षेप बढेको हो भने कर्जा प्रवाह घटेको हो । गत आर्थिक वर्षको साउनदेखि २४ मंसिरसम्म निक्षेप १…

Scroll to Top