सुदूरपश्चिम विकासको नयाँ मार्ग : महाकाली करिडोर
दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का नरेश अवस्थी महाकाली करिडोर निर्माणपछि नेपाल–भारत र चीनसँग व्यापार र रोजगारीका अवसर बढ्ने विश्वास व्यक्त गर्छन् । सुदूरपश्चिम अहिले सीमित आर्थिक गतिविधि रहेको तर करिडोरले यस क्षेत्र र मुलुककै आर्थिक विकासमा ठूलो योगदान दिने उनको भनाइ छ । दार्चुलाको तिङ्करदेखि कञ्चनपुरको ब्रह्मदेवसम्म नदी किनारै निर्माण हुँदै गरेको करिडोरले…

