Banijya News

बैंक

बैंकिङ्ग निक्षेप सँगै चार अर्बले बढ्यो कर्जा प्रवाह

बैंकिङ्ग निक्षेप सँगै चार अर्बले बढ्यो कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा सुधार देखिएको छ । केन्द्रीय बैंकको साउन १८ र १९ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको […]

कर्णाली विकास बैंकका पूर्वअध्यक्षसहित तीन जना थुनामा

कर्णाली विकास बैंकका पूर्वअध्यक्षसहित तीन जना थुनामा

नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । 'उहाँले धरौटी बुझाउन…


  • कुमारी बैंकले कमायो दुई अर्ब १२ करोड रुपैयाँ नाफा

    कुमारी बैंकले कमायो दुई अर्ब १२ करोड रुपैयाँ नाफा

    कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तर, अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको हो। यद्यपि, गत आर्थिक वर्ष प्रकाशित बैंकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको…

  • कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

    कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ०८ पैसा र बिक्रीदर १४० रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६६ पैसा र बिक्रीदर १६३ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…

  • एभरेष्ट बैंकको कुल सम्पत्ति तीन खर्ब २४ अर्ब रूपैयाँ

    एभरेष्ट बैंकको कुल सम्पत्ति तीन खर्ब २४ अर्ब रूपैयाँ

    एभरेष्ट बैंक लिमिटेडको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ। वि.सं. २०८१ सालको चैत मसान्तसम्म बैंकको कुल सम्पत्ति ३ खर्ब २४ अर्ब ७ लाख रूपैयाँ पुगेको हो। सम्पत्तिको विस्तारसँगै बैंकको बजार प्रतिस्पर्धा र नियामक निकायप्रतिको अनुपालन क्षमतामा पनि सुधार देखिएको छ। केयर रेटिङ नेपाल लिमिटेडले बैंकलाई ‘केयर एनपी…

  • एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

    एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

    एनएमबी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौंको रानीपोखरी स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त…

  • जनसङ्ख्याभन्दा दोब्बर बढी निक्षेप खाता, कुल खाता झन्डै छ करोड

    जनसङ्ख्याभन्दा दोब्बर बढी निक्षेप खाता, कुल खाता झन्डै छ करोड

    नेपालमा जनसंख्याभन्दा दोब्बर बढी बैंक खाता सञ्चालनमा आएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्मको तथ्यांकअनुसार ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप खाताको संख्या ५ करोड ९४ लाख २९ हजार ३ सय ६७ पुगेको छ। यसलाई नेपालको पछिल्लो जनगणनाअनुसारको २ करोड ९१ लाख…

  • आरबीआईले ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने

    आरबीआईले ब्याजदरमा कुनै पनि परिवर्तन नगर्ने

    भारतीय रिजर्भ बैंक (आरबीआई) ले ब्याजदरमा कुनैपनि परिवर्तन नगर्ने निर्णय गरेको छ । आरबीआईले ब्याजदर ५.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको हो ।आरबीआईले गत जुनमा ब्याजदर ०.५० प्रतिशतले घटाएर ५.५ प्रतिशत कायम गरेको थियो । अगस्ट ४ देखि ६ सम्म बसेको आरबीआईको मौद्रिक नीति समितिको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय…

  • बैंकिङ प्रणालीबाट ३५ दिनका लागि ४० अर्ब झिक्दै केन्द्रीय बैंक

    बैंकिङ प्रणालीबाट ३५ दिनका लागि ४० अर्ब झिक्दै केन्द्रीय बैंक

    नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न…

  • अमेरिकी डलरले बनायो हालसम्मकै उच्च, अन्यको कति छ विनिमय दर ?

    अमेरिकी डलरले बनायो हालसम्मकै उच्च, अन्यको कति छ विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर…

  • माछापुच्छ्रे बैंकले कमायो २ अर्ब १ करोड १४ लाख खुद नाफा

    माछापुच्छ्रे बैंकले कमायो २ अर्ब १ करोड १४ लाख खुद नाफा

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। अघिल्लो आर्थिक…

  • विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको ५ करोड ठगीगरी फरार

    विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको ५ करोड ठगीगरी फरार

    काठमाडौँको विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरूले बचतकर्ताहरूको करिब ५ करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुद्धा दायर गरिएकोमा सहकारीका अध्यक्ष दमन्ता घिमिरे, सचिव अमृत कटुवाल, सहसचिव गोपाल अधिकारी, कोषाध्यक्ष भारती न्यौपाने गौतम, र सदस्यहरू अनिता थापा तथा रोहित खड्कासहित…

Scroll to Top