Banijya News

समाचार

आन्दोलनमा निजी सम्पत्तिमा गरिएको तोडफोड खेदजनक : एलपी ग्यास उद्योग संघ

आन्दोलनमा निजी सम्पत्तिमा गरिएको तोडफोड खेदजनक : एलपी ग्यास उद्योग संघ

नेपाल एलपी ग्यास उद्योग संघले जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ […]

टोपबहादुर रायमाझीसहितका कैदीबन्दीहरु सुन्धारा जेलबाट फरार

टोपबहादुर रायमाझीसहितका कैदीबन्दीहरु सुन्धारा जेलबाट फरार

केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दीहरु भागेका छन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी पनि रहेको स्रोतले बतायो । कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए । त्यसपछि कैदीहरु पनि भाग्न थाले । अधिकांस कैदीभागेपछि सेना आएको थियो । अहिले सेनाले…


  • जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले के भने ?

    जेनजी प्रतिनिधिसँग प्रधानसेनापतिले के भने ?

    नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका हुन् । ‘जेनजी आन्दोलनको प्रतिनिधि भन्दै १५/१६ युवा नै जंगीअड्डामा आउनु भएको छ, राष्ट्रपतिज्यूले संवादका लागि आह्वान…

  • जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु

    जेनजी आन्दोलनको क्रममा अर्बौको क्षति, बिमा दावी प्रक्रियामा जुट्दै कम्पनीहरु

    भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ । हालसम्म कुनै औपचारिक तथ्याङ्क प्राप्त नभए पनि अर्बौ रुपैयाँको भौतिक सम्पत्ति र थुप्रै मानिसको…

  • पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटल सङ्घको आह्वान

    पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटल सङ्घको आह्वान

    होटल सङ्घ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण सृजना गर्न माग गरेको हो । “विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो…

  • वार्ता गर्ने समिति बनाउन भर्चुअल बैठकमा जेनजी समूह

    वार्ता गर्ने समिति बनाउन भर्चुअल बैठकमा जेनजी समूह

    राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ । जेनजी समूहका एक सदस्यका अनुसार तीन हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो । राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका…

  • प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

    प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

    मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरुले हतियार जिम्मा लगाएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ । साथै लुटपाट भएको…

  • भाटभटेनीमा आज पनि तोडफोड र लुटपाट

    भाटभटेनीमा आज पनि तोडफोड र लुटपाट

    आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् । लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एसिया बैंकको एटिएम तोडफोड र लुटपाट गरिएको छ ।…

  • रवि विरुद्ध मुद्दा रहेका अदालतहरूमा मात्रै आगजनी भएको हो ?

    रवि विरुद्ध मुद्दा रहेका अदालतहरूमा मात्रै आगजनी भएको हो ?

    जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलन हिंसात्मक बन्दै जाँदा सर्वोच्च अदालतसहित विशेष, उच्च र जिल्ला अदालतहरूमा आगजनी भएको छ । सर्वोच्च अदालतले विक्रम संवत् २००८ सालदेखि संकलन भइरहेका मुद्दाका मिसिल तथा कागजातहरू समेत जलेर नष्ट भएको पुष्टि गरेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धका मुद्दा रहेका अदालतहरू…

  • सिंहदरबार भित्र रहेको सरकारी डाटा सुरक्षित

    सिंहदरबार भित्र रहेको सरकारी डाटा सुरक्षित

    जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले बताए । आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा…

  • आन्दोलनमा ‘भेडाको खोल ओढेका ब्वाँसाहरू’ पसिसके: डा.भट्टराई

    आन्दोलनमा ‘भेडाको खोल ओढेका ब्वाँसाहरू’ पसिसके: डा.भट्टराई

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जारी Gen-Z आन्दोलनमा बाह्य तत्त्व घुसेर ‘क्रान्तिलाई प्रतिक्रमणतर्फ’ मोड्ने प्रयास भइरहेको दाबी गरेका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइमा आन्दोलनका वास्तविक युवा सहभागीहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। डा. भट्टराईले लेखेका छन्, “शायद ‘Revolution’ अब ‘Counter-Revolution’ मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन…

  • बैंकका केही शाखामा क्षति पुगे पनि बैंकिङ प्रणाली सुरक्षित

    बैंकका केही शाखामा क्षति पुगे पनि बैंकिङ प्रणाली सुरक्षित

    जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका शाखामा तोडफोड र आगजनी जस्ता घटना भएका छन् । तर बैंकिङ प्रणाली भने सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ। संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखामा भौतिक क्षति भए पनि नगद वा प्रणालीलाई असर पुगेको छैन। उनले भने, `शाखाहरुमा तोडफोड र…

Scroll to Top