Banijya News

समाचार

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपति पदको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से […]

हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो

कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय…


  • Default Image

    निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ

    निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा भेटवाललाई उनको घरबाटै आज बिहान काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका भेटवालमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो। उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर…

  • Default Image

    नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा लामिछाने निर्वाचित

    नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उहाँको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ,…

  • Default Image

    सेयर कारोवार नहुने, प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक विदा

    आज फागुन ७ गते सेयर कारोवार नहुने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमवार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीवार नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिएको छ ।

  • Default Image

    भृकुटीमण्डपमा सुरु भयो छाला जुत्ता प्रदर्शनी

    काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घले आयोजना गरेको प्र्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज यहाँ शुभारम्भ गर्दै नेपालले निर्यात गर्न सक्ने सम्भावना रहेको जुत्ता तथा चप्पल उद्योगलाई आधुनिक प्रविधिको प्रयोगबाट थप व्यावसायिक…

  • Default Image

    झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

    झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न…

  • Default Image

    राष्ट्र बैंकले एक महिना ऋण तिर्ने समय थप्यो

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ऋणीलाई केही सहज नीति लिएको छ । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ऋण तिर्ने समय एक महिना थप गरेको हो । ‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई…

  • Default Image

    यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्ण पाठ)

    नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः ४५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । यस्तो छ अर्धवार्षिक समीक्षाको पूर्ण…

  • Default Image

    साढे १५ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

    राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा १५ हजार ४०९ कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको वार्षिक प्रतिवेदनमा कुल कर्मचारी र पदाधिकारीमध्ये २.२१ प्रतिशतले सम्पत्ति विवरण नबुझाएको उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा पुगेको वा आर्थिक…

  • Default Image

    प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

    नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिले देशको अर्थतन्त्र गम्भीर सङ्कटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या…

Scroll to Top