चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई साढे तीन अर्बभन्दा बढी घाटा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको भए पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हाल कायम मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी…

