Banijya News

समाचार

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । […]

फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै

भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा किसानले यो वर्ष व्यावसायिक फूल खेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताइन् । नेपालगन्ज उपमहानगरपालिका–२० निवासी विन्दुले व्यावसायिक फूलखेती गर्न थालेको करिब…


  • पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

    पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

    बाढी पहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडक खण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ…

  • डिडिसी तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ, १२ करोडभन्दा बढी नोक्सानीको आरोप

    डिडिसी तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ, १२ करोडभन्दा बढी नोक्सानीको आरोप

    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीले संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको हो। उनीहरूलाई…

  • अण्डाको होलसेल मूल्यमा वृद्धि, प्रतिपेटी २ सय रुपैयाँसम्म महँगियो

    अण्डाको होलसेल मूल्यमा वृद्धि, प्रतिपेटी २ सय रुपैयाँसम्म महँगियो

    चाडपर्वसँगै जाडो मौसम सुरु भएपछि बजारमा अण्डाको माग बढेको छ। मागमा वृद्धि भएसँगै नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन होलसेल मूल्य बढाएको छ। सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। यसअघि कात्तिक ६ गते काठमाडौंमा बसेको सङ्घको बैठकले अण्डाको समर्थन मूल्य तय गरेको थियो। तर,…

  • नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू ईभीको डेलिभरी सुरु

    नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू ईभीको डेलिभरी सुरु

    चिनियाँ अटोमोबाइल ब्रान्ड चेरीको नयाँ इलेक्ट्रिक एसयूभी ‘चेरी क्यू’को नेपालमा डेलिभरी सुरु भएको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले देशका प्रमुख पाँच सहरमा एकैसाथ ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको हो। कम्पनीका अनुसार काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी सुरु गरिएको छ। विभिन्न सहरबाट ग्राहकले…

  • प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

    प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

    शुक्रबार विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका पत्रकारहरू रिहा भइसकेको जानकारी दिएका हुन्। शुक्रबार सादा पोसाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएका थिए। नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज…

  • समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

    समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

    प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। काउन्सिलले यस्तो कार्यले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको भन्दै कानुनी प्रक्रियाको पालना गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकमा खटिएका…

  • सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा

    सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा २२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलाई धन्यवाद दिएका…

  • कांग्रेसको महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

    कांग्रेसको महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने भएको छ। महाधिवेशनका लागि काठमाडौंका तीनवटा स्थान निर्धारण गरिएको छ। महाधिवेशनस्थल, सहभागीका लागि खानाको व्यवस्था तथा मतदानस्थल छुट्टाछुट्टै तय गरिएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशन सञ्चालनका लागि काठमाडौंका तीन स्थान छनोट गरिएको छ। जसअनुसार महाधिवेशनको…

  • पत्रकार विश्वमणि सुवेदी बानेश्वरस्थित कार्यालयबाट पक्राउ

    पत्रकार विश्वमणि सुवेदी बानेश्वरस्थित कार्यालयबाट पक्राउ

    प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। साइबर ब्युरोको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार साइबर ब्युरोबाट प्राप्त पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्नुको कारणबारे…

  • भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

    भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

    भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनाको ११औँ दिन एक चिनियाँ नागरिकलाई भने जीवितै उद्धार गरिएको छ। नेपाली सेनाका सहायक रथी सुवासजंग…

Scroll to Top