दसैँमा बजारमा थपियो झन्डै १ खर्ब रुपैयाँ, नगद प्रवाहमा यस वर्ष असामान्य वृद्धि
बडादसैँको अवसरमा यस वर्ष नेपाली बजारमा झन्डै १ खर्ब रुपैयाँ थप नगद प्रवाह भएको छ । दसैँको खर्च, लामो सार्वजनिक बिदा, बाढीपहिरोबाट सिर्जित अवस्था तथा राहत र पुनर्निर्माणसम्बन्धी खर्चका कारण बजारमा चलनचल्तीको नगद उल्लेख्य रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी…

