दैनिक ५० लाख अन्डाको माग, उत्पादन ३८ लाख मात्रै
नेपालमा अन्डाको माग र उत्पादनबीच अझै ठूलो अन्तर देखिएको छ। देशभर दैनिक करिब ५० लाख अन्डाको माग रहे पनि अहिले ३८ लाखको हाराहारीमा मात्रै उत्पादन भइरहेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ। बजारमा अन्डाले उत्पादन लागतअनुसारको मूल्य पाउन थालेपछि व्यावसायिक किसानको आकर्षण बढ्दै गएको छ भने उत्पादन विस्तार गर्ने तयारीसमेत…

