Banijya News

राजनीति

जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

जेन-जी आन्दोलन चर्किँदै जाँदा ऊर्जामन्त्री दीपक खड्काको निवासमाथि प्रदर्शनकारीले आक्रमण गरेका छन्। मंगलबार बिहान राजधानीस्थित उनको घरमा तोडफोड र आगजनी […]

रास्वपा सांसद डा. कार्कीले पनि दिईन संसद पदबाट राजीनामा

रास्वपा सांसद डा. कार्कीले पनि दिईन संसद पदबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले प्रतिनिधि सभा सदस्य पदबाट हटिने घोषणा गरेकी छन्। डा. कार्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अहिले जेन-जि आन्दोलनको पक्षमा रहेको स्पष्ट पारेकी छिन्। उनले २०७९ सालमा निर्वाचित सांसद अब सक्रिय रूपमा प्रतिनिधि सभा सदस्य नभएको घोषणा गरेकी छन्। सांसद पदबाट हट्ने निर्णयलाई…


  • देउवा निवास भित्रै प्रवेश गरे आन्दोलनकारी

    देउवा निवास भित्रै प्रवेश गरे आन्दोलनकारी

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन् ।

  • राष्ट्रपतिको निजी निवासतिर पनि तोडफोड र आगजनी

    राष्ट्रपतिको निजी निवासतिर पनि तोडफोड र आगजनी

    जारी आन्दोलनको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासतिर पनि तोडफोड र आगजनी भएको छ। आन्दोलनकारीको भीडले सुरक्षाकर्मीको घेरा तोड्दै घरतिर ढुंगामुढा गरेका र केही भागमा आगजनीसमेत गरिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी परिचालन गरिएको भए पनि पूर्ण नियन्त्रणमा लिन अझै चुनौती भइरहेको बताइएको छ। घटनामा हालसम्म…

  • रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

    रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आन्दोलनमा खुलेर सहभागी हुने उद्देश्यसहित शाहले सोमबार संसद सदस्यता त्यागेको जानकारी दिएका हुन्। उनले युवा पुस्ताको पक्षमा भइरहेको आन्दोलनलाई समर्थन गर्दै अब सत्ताको कुर्सीमा बस्नेभन्दा पनि सडकमा उभिएर लड्ने समय आएको बताएका छन्। राजीनामासँगै…

  • विपक्षी दलको बैठकद्वारा प्रधानमन्त्रीको राजीनामा माग

    विपक्षी दलको बैठकद्वारा प्रधानमन्त्रीको राजीनामा माग

    विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन माग गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बिहान बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । बैठकले आयोग गठन गरी सत्यतथ्य…

  • सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारीहरू

    सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारीहरू

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । सोमबार १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज पुन: देशभर प्रदर्शन चर्किएको छ । अहिले मुख्यमन्त्री कार्यालयभित्र जेनजी युवाहरू प्रवेश गरेका छन् । उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

  • आन्दोलनकारीहरुले गरे प्रधानमन्त्री निवास घेराउ

    आन्दोलनकारीहरुले गरे प्रधानमन्त्री निवास घेराउ

    प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित नेपाल आन्दोलनकारीहरुले घेराउ गर्न पुगेका छन् । बालकोटस्थित प्रधानमन्त्री ओलीको निजि घरमा आन्दोलनकारीहरुले घेराउन गर्न पुगेका हुन् । हिजो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवाहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बर्बर दमन गर्दै दुई दर्जन भन्दा युवाहरुको हत्या गरेको आक्रोसमा प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवास घेराउ गर्न…

  • प्रदर्शनकारीद्धारा प्रचण्ड निवासमा आगजनी

    प्रदर्शनकारीद्धारा प्रचण्ड निवासमा आगजनी

    ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।

  • गृहमन्त्री दिए रमेश लेखकले राजीनामा

    गृहमन्त्री दिए रमेश लेखकले राजीनामा

    गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। पछिल्लो विवरण अनुसार आज साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालहरूमा ४२२ जना घाइते भएका छन् भने १९ जनाको ज्यान गएको पुष्टि भएको छ। सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा…

  • आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

    आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

    प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो। बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको…

  • जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु, ८५ बढी घाइते

    जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु, ८५ बढी घाइते

    जेन–जी पुस्ताको प्रदर्शनमा ८ जनाको मृत्यु भएको छ । काठमाण्डुको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा ३ जना प्रदर्शनकारीको निधन भएको छ । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको छ । प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत २ घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने…

Scroll to Top