प्रधानमन्त्री कप क्रिकेट चैत ७ देखि सुरु हुने
प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी चैतदेखि सुरु हुने भएके छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुनेछ । प्रतियोगिता काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदान, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला, पर्सा र जनकपुरमा आयोजना हुने क्यानले जनाएको…

