April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

रूपन्देहीमा थप जेठ २० सम्मका लागि निषेधाज्ञा

रूपन्देहीमा थप जेठ २० सम्मका लागि निषेधाज्ञा

जेठ १२, काठमाडौं ।
कोरोना महामारीमा काठमाडौं उपत्यकापछि सबैभन्दा उच्च जोखिममा रहेको रुपन्देही जिल्लामा निषेधाज्ञालाई थप एक साता लम्ब्याइएको छ । रुपन्देही जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जेठ २० सम्मका लागि निषेधाज्ञा थप गरिएकको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जेठ २० सम्म निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

यो अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै यो अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

Advertisement