April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

महामारीबाट बच्न पहिलो विकल्प खोप

महामारीबाट बच्न पहिलो विकल्प खोप

जारी युरोकप फुटबल खेल संचालन भैरहँदा टेलिभिजन सेटमा दर्शकदीर्घमा खचाखच दर्शक देखिने गरेका छन् । फूटबल मात्र होइन कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ‘नो माक्स’ को अभियान संचालनमा छ । अमेरिकन निर्धक्कसँग समाजमा हिडडुल गरिरहेका छन् । युरोकप र अमेरिका त दुई प्रतिनिधी घटना मात्र हुन् । विश्वका कर्यो देशमा कोरोनालाई जितेर त्यहाँको जनजिबन सामान्य भैसकेको छ । विश्वको जनजिबन समान्य भैरहेको समय नेपालमा भने शासक बर्ग जनता थुनेर आफ्नो सत्ता लम्बिाउन लागि परेका छन् । बाहिर रुपमा कोरोनाको कारण भनेपनि भित्री रुपमा सत्ता टिकाउनु सत्ता पक्षको खेल देखिन्छ । राजनैतिक खिचातानीमा सरकार खोप व्यवस्थापन गर्न असफल भएको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टले हजारौंको ज्यान लियो । पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको संक्रमणले छिटो असर गर्ने हुँदा लक्षणसहितका संक्रमितसँगै मृतकको संख्या उच्च हुदै गएको छ । निरन्तरको निषेधाज्ञाले अहिले कोरोना संक्रमणदर घट्दै गएको छ । केही जिल्लामा त अस्पतालका विषेश उपचार कक्ष पनि खाली हुँदै गएका छन् । संक्रमित घट्दै जाँदा सरकारले जिल्लाहरूमा लगाएको निषेधाज्ञा पनि क्रमश खकुलो पार्दै लगेको छ । अहिले निश्चित समय बजार–पसल खुल्न थालेका छन् भने, जोर–बिजोर प्रणालीमा सार्वजनिक र निजी यातायातका साधन पनि सञ्चालन भएका छन् । जसका कारण सार्वजनिक स्थानमा भीड बढ्न थालेको छ । निषेधाज्ञा खोलिएसँगै कोरोना संक्रमण दर समेत बढेर गएको छ ।

Advertisement

खोप लगाएका विकसित देश सामान्य अवस्थामा फर्किन थालिसकेका अवस्थामा नेपालमा भने अझै लकडाउन कै अवस्था खेप्नु परेको छ । कोरोना महामारीको दोस्रो लहर चलिरहँदा आर्थिक क्षेत्रमा धेरै ठूलो क्षति पुगेको छ । बन्दले सबैभन्दा बढी मजदुरी गरेर दैनिकी चलाउने र यातायात व्यवसायीलाई राहत मिलेको छ । समय–समयमा फैलने भाइरसको महामारी यसअघि पनि नेपाली नागरिकले भोगेका छन् । कोरोना भाइरसको दोस्रो भेरियन्टको फरक–फरक रूप पनि दुई वर्षमा भोगिएको छ । यसबाट बच्ने उत्तम विकल्प भनेकै खोप, सामाजिक दुरी, मास्क, स्यानीटाइजरको प्रयोग र साबुनपानीले हात धुनको साथै आफूलाई स्वास्थ्य राख्न प्रयास गर्नु हो ।

जनजीवन सामान्य बनाइ आर्थिक क्रियाकलाप बढाउनका लागि खोपको अर्को विकल्प देखिदैन् । सरकारले समयमै खोप व्यवस्थापन गर्न नसक्दा निषेधाज्ञा लम्ब्याउनु परिरहेको छ । यसले जनजीवन सामान्य हुन त सकेको छैन नै, मुलुकले ठूलो आर्थिक क्षति पनि व्यहोर्नुपरेको छ । वैशाख १६ यता भएको दोस्रो चरणको बन्द खुल्न थालेको भएपनि आर्थिक क्षेत्र चलायमान हुनको लागि महिनै लाग्ने देखिन्छ । अर्थमन्त्रलका अनुसार दोस्रो बन्दमा झण्डै ३ खर्व माथिको हाराहारीमा क्षति पुगेको छ । यसले एकातिर दैनिकी सहज हुन सकेको छैन भने अर्कातिर आर्थिक क्षति अकासिने क्रम यथावत नै छ ।

सरकारले दाताको सहयोग पर्खिने भन्दा पनि किनेर ल्याउनका लागि आफ्नो सबै शक्ति लगाउनुपर्ने देखिन्छ । अन्यथा आर्थिक क्षति धान्नै नसक्ने गरी बढ्नेमा दुईमत छैन । कोभिडविरुद्ध खोप विकास भएको ६ महिना भयो । खोपको विकास भएको यो समय सरकारले अहिलेसम्म १० लाख डोज मात्र किनेको छ अन्य सबै डोज दाताले दिएका हुन् । भारतको सिरम इन्स्टिच्युटसँग किन्दा ४७ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । यो बाहेकको सबै खोप अर्काको आर्शिवादले पाएको हो ।

चीनले १८ लाख र भारतले १० लाख डोज सित्तैंमा दिएकाले तथा कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज आएकाले पहिलो डोज २५ लाख जनाले पाएका छन् । तर दुवै डोज पाउनेको संख्या भने ७ लाख ३१ हजार मात्र छ । पहिलो खोप लगाएर दोस्रो डोज नपाउनेको समाजमा छटपटाहट पनि उस्तै छ । कहिले दोस्रो खोप दिइने हो अझै स्पष्ट छैन् । जबकि जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १६ लाखलाई खोप लगाउने भनिएकोमा उनीहरुले समेत खोप पाउँने निश्चित छैन् ।

भारतले दिने भनेको र सरकारले किन्ने भनेको खोप सुरुमै नकिनेर सरकार चुकेको छ । सुरुमै खरिदमा तदारुकता नदेखाएको परिणाम १ करोड ९२ लाखका लागि खोप अनिश्चित बन्न पुगेको छ । खोप अनिश्चित त भयो नै देशमा निशेषज्ञा लम्बिाउनु पर्दा मुलुकलाई ३ खर्व बढी क्षति भएको छ । जबकी पहिलो चरणमा नै सबैलाई पुग्ने गरी खोप किनेको भए ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदैनथ्यो । सरकारी दूरदर्शिताका कारण सरकार आर्थिक क्षति बढ्यो नै जनताले खोप लगाउन पाउँने अधिकार बाट समेत बन्चित हुनुपरेको छ ।

कोरोना नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी भएपनि कुल राजस्व परिचालनमा खासै असर नपरेको सरकारले दाबी गरेको छ । अर्थ मन्त्रालयको अनुसार कूल राजश्व परिचालन गत आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो । अर्थका अनुसार वैशाखसम्म कूल रु ७ खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । कूल राजश्वमा कर राजश्व रु ७ खर्ब नौ अर्ब ६२ करोड रहेको छ । सरकार राजस्व उठाउन मै केन्द्रीत हुँदा जनताको स्वास्थ्य अधिकार भने खोसिएको हो ।

भाइरसको संक्रमण र यसले पर्ने असर सकिने होइन । यो निरन्तर समाजमा चल्ने प्रकृया हो । यसबाट बच्न आफैं सचेत बन्नुको अर्को विकल्प छैन् । खोप लगाएर सुरक्षित हुनु र स्वास्थ्य मापदण्ड अपनाउनु अबको एक मात्र विकल्प हो । अब निषेधाज्ञा र लकडाउनलाई नियन्त्रणको विकल्प बनाउने भन्दा सबैलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्नुको अर्को विकप्प देखिदैन् ।

सरकारले दुबै कोरोना डोज खोप ल्याएर आम जनतालाई लगाउने हो भने कोरोनाबाट आत्तिनु नर्पे कारण छैन् । पश्चिमा देशहरूमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी पनि गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि दुबै खोप लगाएमा कोभिडको जोखिम निकै कम हुने देखाएको छ । नेपालको उदाहरण हेर्ने हो भने दुबै कोरोना खोप लगाएका एकजना मात्र क्यान्सर पीडितको मृत्यु भएको रेकर्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । अन्यथा दुबै डोज खोप लगाएकाको असर कम छ । यसैले नेपालको लागि खोप नै अन्तिम बिकल्प हो ।