April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

देउवालाई मोदीको टेलिफोन, चाँडै खोप उपलब्ध गराउने आश्वासन

देउवालाई मोदीको टेलिफोन, चाँडै खोप उपलब्ध गराउने आश्वासन

साउन ४, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।प्रधानमन्त्री देउवाले मोदीसँग टेलिफोनमा कुराकानी भएको ट्वीट गरेर जानकारी दिएका छन्। टेलिफोन कुराकानीमा मोदीले नेपाललाई छिट्टै कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने आश्वासन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्।

Advertisement

दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा पनि कुराकानी भएको छ । सर्वोच्च अदालतको आदेशपछि असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको चार दिनपछि हिजो उनले विश्वासको मत लिएका थिए ।

प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिएका देउवाले १६५ मत प्राप्त गरेका थिए। उनी नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै मोदीले ट्विटरमार्फत बधाई दिएका थिए ।