September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

राष्ट्र उत्थान लघुवित्तद्धारा ४ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन

राष्ट्र उत्थान लघुवित्तद्धारा ४ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन

साउन १३, काठमाडौं ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २०० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण यस्तो देखाएको हो । विवरणका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गर्न गरेको छ ।

Advertisement

अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ६७.९८ प्रतिशतले बढेर १८ करोड ६६ लाख रुपैयाँ पुगेको  छ । अघिल्लो वर्ष कम्पनीले ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २७०.९२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ । हाल चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १२ करोड रुपैयाँ छ ।

संस्थाले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्दैछ । आइपीओ निष्कासन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागिसकेको छ । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ ।