April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

वाणिज्य बैंकले बढाउन थाले कर्जा लगानी, कस्तो छ कर्जा लगानीको अवस्था ?

वाणिज्य बैंकले बढाउन थाले कर्जा लगानी, कस्तो छ कर्जा लगानीको अवस्था ?

कर्जा लगानी नगरेको चर्चा भैरहेको समय बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्दे लगेका छन् । आर्थिक बर्षको उत्राद्र्धमा थाल्दा सरकारको खर्चमा समेत वृद्धि हुने भएकोले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा कर्जा लगानी बढेको हो । यही कारण पनि बैंकहरूले केही समयसम्म सुस्त गतिमा भइरहेको कर्जा विस्तारलाई बढाउन थालेका छन् । पछिल्लो समय बैंकहरूको तरलतामा सुधार हुँदा बैंक तथा वित्तीय सस्थाले लगानी बढाउन थालेका हुन् । यही कारण पनि बैंकहरूले कर्जा विस्तार घिमे गतिमा हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थामा केही महिना अघिसम्म तरलता समस्या थियो । बैंकहरूको खराब कर्जामा वृद्धि भइरहेको कारण पनि जोखिम बापत राख्नुपर्ने प्रावधानमा वृद्धि भइरहेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा लगानी १२.६ प्रतिशतले विस्तार हुने लक्ष्य मौद्रिक नीतिमा छ । यस्तो कर्जा लगानी गत आर्थिक वर्ष अन्त्यसम्ममा बैंकहरूले निजी क्षेत्रतर्फ गरेको कुल कर्जा लगानी ४६ खर्ब ८८ अर्ब रूपैयाँ थियो । यही लक्ष्य अनुसार ५ खर्ब ९० अर्ब रूपैयाँले कर्जा लगानी बढाउनुपर्ने हुन्थ्यो । हालसम्म भने कुल कर्जा लगानी एक खर्ब २४ अर्बले मात्रै वृद्धि भएको छ ।

Advertisement

बैंकरहरूका अनुसार चालु आर्थिक वर्षमा ६÷७ प्रतिशतको हाराहारीसम्म मात्रै कर्जाको विस्तार हुने सम्भावना छ । चालु आर्थिक वर्षको सात महिनासम्ममा लक्ष्यको ३.९ प्रतिशतले कर्जा विस्तार भएको छ ।वाणिज्य बैंकले कूल ४२ खर्ब ७६ अर्ब ३३ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो छ महिनाको तथ्याङक अनुसार २२ वटा बैंकले उक्त रकम लगानी गरेका हुन् ।

Advertisement

जुन पुससम्मको लगानी निक्षेपको तुलनामा कर्जा प्रवाह लगानी ज्यादै कम हो । वाणिज्य बैंकले हालसम्म ४ प्रतिशत मात्रै कर्जा बैंकहरूले प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले कर्जाको सीमा चालू आर्थिक वर्ष २०७९÷८० को लागि १२ प्रतिशत तोकेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा बैंकहरूले पुससम्ममा १ खर्ब २३ अर्ब गत वर्ष निक्षेप संकलन गरेर ४ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसैगरी, बैंकिङ क्षेत्रले लगानी गरेपनि प्राथमिकता प्राप्त क्षेत्रमा १२ खर्ब ३५ अर्ब ५० लाख रुपैयाँ बराबरको मात्र लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निर्देशनअनुसार २०८० असार मसान्तसम्म वाणिज्य बैंकले कुल कर्जा लगानीको कम्तिमा ४० प्रतिशत लगानी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । किटान गरिएको कृषि, उर्जा तथा जलस्रोत र साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकले कुल कर्जा लगानीको कम्तिमा ४० प्रतिशत लगानी गर्नुपर्ने भएपनि त्यो देखिदैन् । २०७९ पुस मसान्तसम्म २२ वटा वाणिज्य बैंकको यस्तो प्राथमिकता प्राप्त क्षेत्रको लगानी जम्मा २८.८८ प्रतिशत पुगेको जनाएको छ ।

केन्द्रीय बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल प्रवाहित कर्जाको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । यसैगरी, उर्जा क्षेत्रमा सन् २०८१ सम्ममा न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्नेछ । लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १५ प्रतिशत, (१ करोड रुपैयाँभन्दा कम रकमका कर्जा) प्रवाह गर्नुपर्ने व्यवस्था छ । यस्तो लगानी कृषि क्षेत्रमा अधिकतम १३.०९ प्रतिशतले भएको छ भने उर्जा तथा जलस्रोलको क्षेत्रमा जम्मा ६.२९ प्रतिशत र साना तथा मझौला उद्यम व्यवसायको क्षेत्रमा सरदर ९.५१ प्रतिशत लगानी भएको छ । वाणिज्य बैंकहरुको साउनमा १ खर्ब ८ अर्बले घटेको निक्षेप संकलन भदौदेखि भने सुधार भएको छ । भदौमा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकहरूले असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९४ अर्ब र मागमा १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तो निक्षेपबाट बैंकहरूले साउनमा १ अर्ब ५२ करोड, भदौमा १३ अर्ब ७५ करोड, असोजमा ३० अर्ब ४ करोड कर्जा प्रवाह गरेका थिए ।

बैंकहरूले कात्तिकमा १ अर्ब २६ करोड, मंसिरमा २ अर्ब ६ करोड, पुसमा ५४ अर्ब ५४ करोड र माघमा ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले अडिटपछि सार्वजनिक गरेको तथ्याङ्कअनुसार ५ वटा वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा प्रभावित कर्जाको हिस्सा ३० प्रतिशत माथि गरेको देखिन्छ । सरकारी स्वामित्वका कृषि विकास र राष्ट्रिय वाणिज्य दुईवटा बैंकले कूल कर्जा लगानीको क्रमशः ५७.५० प्रतिशत र ३६.९८ प्रतिशत कर्जा तोकिएको क्षेत्रमा गरेका छन् । पुस मसान्तसम्म यी बैंकले क्रमशः कूल १ खर्ब ७९ अर्ब ७२ करोड ७० लाख र २ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये कृषिको क्षेत्रमा कृषि विकास बैंकले सबैभन्दा बढी २८.३५ प्रतिशत लगानी गरेको छ । यस्तै सिटिजन्स् बैंकले कूल कर्जाको १२.७९ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेकोमा ६.९७ प्रतिशत उर्जाको क्षेत्रमा र ११.०७ प्रतिशत साना तथा मझौला व्यवसायको क्षेत्रमा लगानी गरेको छ । ३०.९१ प्रतिशत तोकिएको क्षेत्रमा कर्जा प्रवाह गरेको कुमारी बैंकले कृषिमा ११.५६ प्रतिशत, उर्जा तथा जलस्रोतको क्षेत्रमा ६.६९ प्रतिशत र साना तथा मझौला व्यवसायका क्षेत्रमा १२.६६ प्रतिशत कर्जा लगानी गरेको छ । यस्तै, प्राथमिकताप्राप्त क्षेत्रमा कुल लगानीको ३१.८४ प्रतिशत लगानी गरेको एसबीआई बैंकले कृषि क्षेत्रमा १७.९१ प्रतिशत, उर्जा तथा जलस्रोतको क्षेत्रमा ६.६० प्रतिशत र साना तथा मझौला व्यवसायको क्षेत्रमा ७.३३ प्रतिशत कर्जा लगानी गरेको छ । यस्तै, सनराइज बैंक र एनएमबी बैंकले क्रमशः ३२.४४ प्रतिशत र ३२.९० प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेकोमा कृषितर्फ १३.०७ प्रतिशत र १२.७४ प्रतिशत, उर्जाको क्षेत्रमा ८.१० प्रतिशत र ८.९४ प्रतिशत, साना तथा मझौला व्यवसायको क्षेत्रमा ११.२७ प्रतिशत र ११.२२ प्रतिशत कर्जा लगानी गरेका छन् । अन्य १७ वटा वाणिज्य बैंकहरुले भने यस्तो प्राथमिकता प्राप्त (तोकिएको क्षेत्रमा) ३० प्रतिशत तल कर्जा लगानी गरेका छन् । सँगै बैंकहरुको खराब कर्जाको दर (एनपीएल) समेत बढेर २.४९ प्रतिशत पुगेको छ ।