April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, ५७ सय २७ जनामा संक्रमण पुष्टि

वैशाख १७, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५६ सय ५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ८९ पुगेको छ ।

Advertisement