April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

वैशाख २०, काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान आएको पीसीआर रिपोर्टमा आफूलाई कोरोना ‘पोजिटिभ’ देखिएको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

उनले आफूमा कोरोना संक्रमणका लक्षण देखिएको र औषधि सेवन सुरु गरेको बताए । हाल आफू काठमाडौँस्थित डेरामै आइसोलेशनमा रहेको उनले बताएका छन् । उनले टेकुका डा. अनुप बाँस्तोलाको निर्देशनअनुरूप औषधि सेवन सुरु गरेको समेत बताएका छन् । नेता शर्माले कोरोना संक्रमण जोखिमबाट जोगिन सबैलाई आग्रहसमेत गरेका छन् ।

Advertisement